कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु

कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय १९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनाको पोजिटिभ रिपोर्ट आएको हो । ९ हजार २ सय ६३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा संक्रमण देखियो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । साथै १ हजार ९ सय १६ जना निको भएका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.