माधव नेपाललाई लक्षित गर्दै ओलीले भने: देशद्रोहीलाई पार्टीमा ठाउँ छैन

माधव नेपाललाई लक्षित गर्दै ओलीले भने: देशद्रोहीलाई पार्टीमा ठाउँ छैन
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन् ।

वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएर नेपालले पार्टीलाई धोका दिएको उनले बताए । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको कदम कम्युनिष्ट आन्दोलन विरुद्धमा भएको बताए ।

‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने । कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ’अध्यक्ष ओलीले बताए …

Leave a comment

Send a Comment

Your email address will not be published.