
पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी गरेको छ ।
पत्रकारको संगठन महासंघ नै पत्रकारको अभिभावकत्व लिन नसकेको आरोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघको मुस्ताङचोकस्थित महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिभाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए …
Leave a comment