धनुषामा २८ करोड लागतमा मल उद्योग खुल्दै

धनुषामा २८ करोड लागतमा मल उद्योग खुल्दै
This image has an empty alt attribute; its file name is 12-Khari.jpg

जनकपुरधाम । धनुषामा २८ करोड रुपैयाँको लागतमा मल उद्योग स्थापना हुने भएको छ । शनिबार धनुषाधाम नगरपालिका–३ मा जैविक मल उद्योगको शिलान्यास गरिएको हो ।

प्रदेश नम्बर–२ का कृषिमन्त्री शैलेन्द्र साहले शिलान्यास गरेका हुन् । आरोह फर्टिलाइजर प्रालिले उद्योग स्थापना गर्न लागेको हो । एक वर्षभित्रै उत्पादन सुरु गर्ने उद्देश्यका साथ काम अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक आङकामी लामाले बताए ।

हरेक वर्ष सात हजार ५०० टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । “रासायनिक मलले उर्वर जग्गालाई बिगारेको छ । तर, जैविक मलले बिग्रेको जग्गालाई सुधार्ने काम गर्छ,” उनले भने, “रासायनिक मलभन्दा सस्तो पनि हुन्छ …

Leave a comment

Send a Comment

Your email address will not be published.