श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’
This image has an empty alt attribute; its file name is Nagarik-4.jpg

सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ। यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु।’

उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो। उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो। कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन् …

Leave a comment

Send a Comment

Your email address will not be published.