सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)
This image has an empty alt attribute; its file name is Rajdhani-1.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।

नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।

असार १ को भीषण बाढीपछि लयमा फर्कन लागेको मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् । नदिले कटान गरेको बस्ती र अन्य संरचना जोगाउन मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय बाढी गएदेखी नै निरन्तर लागिरहेका थिए …

Leave a comment

Send a Comment

Your email address will not be published.