(डुङ्गा दुर्घटना अपडेट ) एकको मृत्यु, बेपत्ता तीनको अवस्था अझै अज्ञात

(डुङ्गा दुर्घटना अपडेट ) एकको मृत्यु, बेपत्ता तीनको अवस्था अझै अज्ञात
This image has an empty alt attribute; its file name is GorakhaPatra-Online.jpg

धनगढी । कर्णाली नदीमा आज भएको डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो । मध्यान्हतिर १० जना मान्छे सवार काठको डुङ्गा रागाँ मलेखा भन्ने स्थानमा कर्णाली नदीमा पल्टेको थियो ।

दुर्घटनामा परी तीन जना बेपत्ता भएका छन् । भने, दुई जना घाइते भएका थिए । घाइतेमध्ये धनसराको मृत्यु भएको र उनकै एक महिने छोरा कर्ण सलामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जना भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा परी मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको र अवस्था अझै अज्ञात रहेको प्रवक्ता विष्टले बताउनुभयो …

Leave a comment

Send a Comment

Your email address will not be published.