सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

वलेबा । ५ वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच ५ लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् ।

बागलुङको वडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन ।

सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् ।

मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे ।

घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, उनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन् ।’

वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो ।
स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ ।

वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० ओटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ …

पूरा समाचारको लागि

Leave a comment

Send a Comment

Your email address will not be published.