राष्ट्रिय महत्वको आयोजना ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गतका पुलमा गर्न बाँकी एप्रोच (पुल अगाडि पछाडि) कालोपत्रे गर्ने काम लगभग सकिने चरणमा पुगेको छ। पूर्वतर्फ बसाहादेखि सदरमुकाम गाईघाट हुँदै कटारीसम्मका पुलहरुमा एप्रोच कालोपत्रे गर्ने काम सकिन लागेको हो।
पुल एप्रोच कालोपत्रे नहुँदा धुलो र हिलोले दिनदिनै सवारी दुर्घटना हुने क्रम बढेको भन्दै स्थानीयले छिटो कालोपत्रे गर्न दबाब दिदै आएका थिए। स्थानीयको गुनासोसँगै लोकमार्ग कार्यालयले ठेकेदार कम्पनीलाई तत्काल कालोपत्रे गर्न ताकेता गर्दै निर्देशन दिएको थियो। जसअनुसार गएको पुसदेखि सुरु भएको एप्रोच कालोपत्रेको काम वैशाखभित्र सक्ने गरी भईरहेको लोकमार्ग कार्यालयका आयोजना प्रमुख (डिई) गोपाल खकुरेलले बताए।
उनका अनुसार बसाहादेखि बेलटार खण्डका काली खोला, बसाहा खोला, भुल्के खोलाको एप्रोच सडक कालोपत्रे भईसकेको छ। त्यस्तै बेलटार–गाईघाट खण्डमा पर्ने इक्राहा खोलामा पनि एप्रोच सडक कालोपत्रे सकिन लागेको छ। उता गाईघाटदेखि नेपालटार खण्डभित्र पर्ने खोलाहरु शाही, सरस्वती, होक्से र कौवाई खोलाको एप्रोच कालोपत्रे पनि भर्खरै सकिएको खकुरेलको भनाई छ।
कात्तिक अन्तिममा हिलोमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको ज्यान जानुका साथै ४० जना घाईते भएको नेपालटारस्थित बैजनाथ पुलको कालोपत्रे पनि सकिइसकेको छ। नेपालटार–रिस्कु–कटारी खण्डमा पर्ने वैजनाथ २, डाङडुङ खोला, साँघुरी, सोमबारे, भोर्ले, बलाहा र तावा खोलाका पुल एप्रोचमा पनि कालोपत्रे गर्ने काम सकिएको डिई खकुरेलले बताउका छन् …
Leave a comment