मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा

मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा

ग्वाल्टार(सिन्धुली) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ ।मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी राजमार्ग व्यक्तिको नाममा रहेको हो ।

लामो निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएको वर्षौ बिते पनि अझै व्यक्तिकै नाममा रहेको स्थानीयको गुनासो छ । राजमार्गको क्षेत्राधिकारभित्रको जग्गाको लगत सम्बन्धित निकायले नकाटिदिँदा अर्बौं रुपियाँ लगानी गरी निर्माण गरिएको उक्त राजमार्ग व्यक्तिकै नाममा रहेको स्थानीयले बताएका छन् ।

राजमार्ग निर्माणका क्रममा सरकारले निजी व्यक्तिकै जग्गामा लगानी गरी रहेको गोलन्जोर गाउँपालिका–७ खुर्कोट निवासी शरद आचार्य बताउनुहुन्छ । जग्गाको लगत कट्टा नगर्दा अहिलेसम्म आफूले राजमार्ग निर्माण भएको जग्गाको कर (तिरो) गाँउपालिकालाई तिर्दै आएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘‘उक्त राजमार्ग बनाउने क्रममा मेरो मात्रै झण्डै १५ रोपनी जग्गा परेको छ तर अहिलेसम्म लगत कट्टा नहुँदा मैले राजस्व तिरिरहेको छु ।’’ लगत कट्टा नभएकाले राजमार्गले भोगचलन गरेको जग्गाको कर तिर्नुपरिरहेको जग्गाधनीहरुको गुनासो छ ।

सडकको जग्गा सार्वजनिक हुन नसक्दा स्थानीयले जुनसुकै समयमा मुआब्जाको विषयलाई लिएर समस्या ल्याउन सक्ने भएकाले तत्काल लगत कट्टा गरी सार्वजनिक गर्नुपर्ने स्थानीय बताउछन् ।

पूरा समाचारको लागि : https://gorkhapatraonline.com

Leave a comment

Send a Comment

Your email address will not be published.