रङ उत्पादक उद्योगीहरूले आयातित रङको कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्क घटाउन माग गरेका छन्। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै कच्चा पदार्थको भन्सार शुल्क घटाउन माग गरेका हुन्।
नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले रङका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको बताए।
उनका अनुसार अहिले तयारी रङ र कच्चा पदार्थको भन्सार शुल्क ३० प्रतिशत लाग्दै आएको छ। कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत मात्रै लगाउन उनले आग्रह गरेका छन्। ‘कच्चा पदार्थमा केही केही रङको मात्रा देखिनु स्वभाविक हो तर त्यसलाई तयारी भन्न त मिल्दैन नि,’ उनले भने।
पछिल्लो समय रङ उद्योग अति आवश्यक उद्योग भएपनि अझै सकारले विलासिताको रूपमा वर्गीकरण गरेको उनले गुनासो गरे। ‘आजभन्दा ४० वर्ष अघि रङ उद्योग सुरू गर्न लागेको बेला सरकारले यसलाई विलासिलताको रूपमा वर्गीकरण गरेको थियो,’ उनले भने, ‘अहिले पनि त्यस्तै छ।’
पहिले विलासिता भएपनि अहिल सुरक्षाको लागि रङ लगाउनु पर्ने उनको भनाइ छ। ‘फलामको पुलमा रङ लगाएन भने खिया पर्छ। ५० वर्ष टिकाउँ हुने पुल २० वर्षमै बिग्रिन्छ,’ उनले भने, ‘रङ आकर्षकको साथै सुरक्षाको लागि पनि लगाइन्छ।’
रङ उद्योगको कच्चा पदार्थ आयातका लागि हामीले ३० प्रतिशत भन्सार शुल्क, ७ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट तिर्दै आएका उनले बताए।
पूरा समाचारको लागि : https://www.setopati.com
Leave a comment