मुख्य सिजनमै विकास निर्माणको काम ठप्प, सरकार मूकदर्शक

मुख्य सिजनमै विकास निर्माणको काम ठप्प, सरकार मूकदर्शक

काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय भन्दा बढी निर्माण साइटमा काम बन्द गरेको १२ दिन बितसक्यो । यसले विकासको काम हुने मुख्य सिजनमै पूँजीगत खर्चको दर ठप्प जस्तै छ । ठेकदारहरुको लापरवाहपूर्ण निर्णयमा मुकदर्शक बसेर सरकारले विकास आयोजनाहरुलाई ‘कोमा’मा पुर्‍याएको छ ।

पूँजीगत खर्च कमजोर भएर प्रणालीमा तरलता अभावको अवस्था रहेका बेला निर्माणका काम रोकिंदा सरकारको पूँजीगत खर्चको लक्ष्य नै प्रभावित हुने अवस्था आएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार ११ वैशाख यता ५ अर्ब ५९ करोड मात्रै पूँजीगत खर्च भएको छ । यो त्यसअघि नै काम भएर पेश भएका बलिको भुक्तानी हो । तर, ११ वैशाखपछि काम ठप्पजस्तै रहेकाले अब झन्-झन् विकास बजेटको खर्च कम हुँदै जाने अवस्था आएको छ ।

११ वैशाखसम्म पूँजीगत खर्च १ खर्ब ७ अर्ब १८ करोड थियो भने अहिले १ खर्ब १२ अर्ब ७७ करोड मात्रै पुगेको छ । यो वर्ष सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको छ ।

सडक विभागबाट हालसालै सेवानिवृत्त भएका महानिर्देशक शिवहरि सापकोटाका अनुसार निर्माणाधीन अवस्थाका पुलबाहेकका आयोजनामा काम ठप्पजस्तै छ । यसले विकास खर्चको सरकारी योजना र लक्ष्यमा धक्का लाग्न सक्ने उनको भनाइ छ ।

सरकारले अहिलेसम्म ३०.०५ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । अबको हप्ता चुनावका कारण चालु साइटहरु पनि बन्द हुने भएकाले यो वर्ष पूँजीगत खर्च ५० प्रतिशत कटाउन पनि मुस्किल अुने अवस्था देखिन्छ ।

तर, सरकारले आर्थिक वर्षको अन्तिम २ महिनामा नै सबैभन्दा धेरै विकास खर्च गर्ने भएकाले अर्थमन्त्रालयका अधिकारीहरु ७० प्रतिशतभन्दा बढी पूँजीगत बजेट खर्च हुनेमा आशावादी छन् ।

अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेको छ । महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द भएको बताउँछन् …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *