२ अर्ब ६४ करोड लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार बन्ने

२ अर्ब ६४ करोड लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार बन्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।

कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।

आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ । तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ ।

२ अर्ब ६४ करोड लागत

केबलकारमा कुल १५ वटा टावर रहने छन् । आयोजनाले वातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । आयोजनाको निर्माण अवधि ३ वर्ष तोकिएको छ । कुल १४.९१ हेक्टर जमिनमा आयोजना बन्ने भएको छ । केबलकार परियोजना संचालनमा आएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।

आयोजनाका अनुसार केबलकार र होटेलसमेत गरि कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *