उच्च आर्थिक वृद्धिका निम्ति गौरवका आयोजना

उच्च आर्थिक वृद्धिका निम्ति गौरवका आयोजना

हाम्रो जस्तो पिछडिएको देशमा राज्य र बजारको सन्तुलित भूमिकाले मात्र देशको विकास हुन्छ । त्यसमध्ये हाम्रो अर्थतन्त्र भनेको पूर्वऔद्योगिक चरणमा छ । हाम्रो आर्थिक प्रणाली निर्वाहमुखी छ । यसलाई व्यावसायिक, वैज्ञानिक प्रणालीमा बदल्ने हो भने हामीले आर्थिक वृद्धिको बाटो लिनुपर्छ । हुन त सबैले आर्थिक वृद्धिको कुरा गर्छन् तर त्यो कसरी हुन्छ भन्ने कुरामा कसैले ध्यान दिँदैनन् । अन्तर्राष्ट्रिय अनुभवका आधार यो परम्परा कृषि अर्थतन्त्रलाई औद्योगिक र सेवा प्रदान अर्थतन्त्रमा बदल्नका लागि सुरुको चरणमा भौतिक पूर्वाधारको विकास गर्नुपर्छ । त्यसले मात्र राज्यको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिन्छ ।

‘दुई अङ्कको आर्थिक वृद्धि दर र दुई दशक निरन्तर’ भन्ने नाराका अनुसार प्रतिव्यक्ति उत्पादन एक हजार डलर छ । त्यसलाई १२ हजार डलर पुर्याएपछि मात्र देश तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्छ । त्यसको निम्ति लगानी पनि प्रतिवर्ष कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत पूर्वाधार विकासमा खर्च गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र दुई अङ्कको आर्थिक वृद्धि दर हासिल हुन्छ भनी विकास अर्थशास्त्रको नियम छ ।

हाम्रो मुख्य सम्पदा जल हो । हिमालबाट उत्पत्ति भएको पानी दक्षिण बगेर मात्रै जान्छ । यो उत्तर–दक्षिण जुन बहाव छ, त्यसलाई परिचालन गर्न सक्नुपर्छ । पूर्वाधार विकास गर्दा पहाडी शृङ्खला र पूर्व–पश्चिमका नदी शृङ्खलालाई छिचोलेर सडक, बाटोघाटो, पानी, बिजुलीको स्थापना गर्न सकिन्छ । पूर्वाधार भनेको मुख्य रूपमा सडक नै आउँछ । त्यसपछि हवाई यातायात र सिँचाइ आउँछ । पहाडी भूगोल भएका कारण ठूला–ठूला विमानस्थल बनाउनुपर्छ । ऊर्जा विकासका निम्ति ठूला–ठूला जलाशय योजना पनि बनाउनुपर्छ ।

मुख्य रूपमा सडक, सिँचाइ, हवाई यातायात र जलविद्युत् आयोजनालाई प्राथमिकता दिएर मैले राष्ट्रिय गौरवको आयोजना नामकरण गरेर त्यसको सुरुवात गरेको थिए । मैले छनोट गरेका १७ वटा योजनामध्ये मुख्य सडक नै हो । हिमाल, पहाड र तराई जोड्ने उत्तर–दक्षिण सडक र पूर्व–पश्चिम सडक भयो भने मात्र देशभित्रको बजार विस्तार हुन्छ । भारत–चीनको ठूलो बजारसँग जोडिन्छ । त्यही भएर पूर्व–पश्चिमका लागि हुलाकी राजमार्ग, पूर्व–पश्चिम लोकमार्ग, मध्यपहाडी लोकमार्ग गरी तीनवटा पूर्व–पश्चिम सडकहरू हुन् । कोसी कोरिडोर, गण्डकी कोरिडोर र कर्णाली कोरिडोर गरेर तीनवटा उत्तर–दक्षिण सडकहरू र एउटा पूर्व–पश्चिम रेल मार्ग तराईबाट जान्थ्यो । तराई र काठमाडौँलाई जोड्ने फास्ट ट्र्याक । यसरी आठवटा सडक राष्ट्रिय गौरव योजनाका लागि चयन गरेको थिएँ …

पूरा समाचारको लागि : https://gorkhapatraonline.com

Leave a comment

Send a Comment

Your email address will not be published.