निर्माण क्षेत्रको कर्जा आधा घट्यो

निर्माण क्षेत्रको कर्जा आधा घट्यो

काठमाडौं : निक्षेप वृद्धिको तुलनामा कर्जामा आक्रामक वृद्धि गरेका बैंकको कर्जा निर्माण क्षेत्रमा भने आधाले घटेको छ। बैंक तथा वित्तीय संस्थाले चैतसम्ममा १ खर्ब ८८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो गत आवभन्दा ५२.१५ प्रतिशत कम हो। जबकि गत आवको सोही अवधिमा निर्माण क्षेत्रमा मात्रै ३ खर्ब ९४ अर्ब ७२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो।

गत वर्षको तुलनामा वाणिज्य बैंकको लगानी ५५.२८, विकास बैंकको ३०.६४ र वित्त कम्पनीको ५०.०५ प्रतिशतले घटेको छ। सो क्षेत्रको कर्जा वृद्धि यसरी घट्दा चालू आवमा वाणिज्य बैंकबाट १ खर्ब ५० अर्ब ७६ करोड, विकास बैंकबाट ३३ अर्ब ३३ करोड र वित्त कम्पनीबाट ४ अर्ब ७६ करोड रुपैयाँबराबर मात्रै लगानी भएको छ। जबकि गत आवको सोही अवधिमा क्रमशः ३ खर्ब ३७ अर्ब ११ करोड, ४८ अर्ब ५ करोड र ९ अर्ब ५४ करोड रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएको थियो। गत वर्ष कोभिड महामारीको प्रभाव रहेका बेला पनि मुलुकभर विकास निर्माणका काममा बैंकबाट उक्त दरमा कर्जा गएका थिए।

तर यसपटक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगपछि अर्थतन्त्रले लय लिन थालेको थियो। निर्माण क्षेत्रले पनि गति लिने अपेक्षा गरिएको थियो। तर लिन सकेन। बैंकबाट जाने कर्जाको दर नै घटेकाले निर्माण कार्यले गति लिन नसकेको अर्थविद् डा. डिल्लीराज खनालको तर्क छ। यसपटक पुँजीगत खर्चको गति धेरै सुस्त भएकाले निर्माण क्षेत्रको लगानी बढ्न नसकेको उनी बताउँछन्। सरकारले गरेको आयात प्रतिबन्धले पनि असर गरेको उनको अनुमान छ। ‘अहिले निर्माणको आर्थिक वृद्धिदर ९ प्रतिशत छ। निर्माणमा आधाभन्दा बढीले लगानी घटेको छ। यसको मुख्य कारण सरकारले पुँजीगत खर्च राम्ररी गर्नैै सकेन।’

चालू आवको वैशाखसम्ममा ३१.२८ प्रतिशतको मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ। यस हिसाबले सरकारले १ खर्ब १८ अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै विकास खर्च गरेको छ। जबकि सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ …

पूरा समाचारको लागि : https://annapurnapost.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *