बेनिघाट-आरुघाट लार्के सडक खण्डको माछाखोलामा बेलिब्रिज

बेनिघाट-आरुघाट लार्के सडक खण्डको माछाखोलामा बेलिब्रिज

गोरखा । बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण भएको छ । सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले करिव दुई करोडको लागतमा ब्रिज निर्माण गरेको हो ।

१ सय २० फिट लम्वाई र १२ फिट चौडाईको उक्त बिज्रको बिहीवार प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

बिज्र निर्माण भएसँगै बर्खाको समयमा पनि सवारी आवागमनमा सहज हुने नेपाली सेनाका सडक निर्माण कार्यदलका मेजर बिनोद भट्टले बताए ।

उनका अनुसार पाङसिङसम्म सडकको ट्रयाक खुलिसकेको छ भने दोभानसम्म सवारी संचालन भइसक्यो ।

ब्रिज उद्घाटन गर्न आएका प्रधानसेनापती शर्माले निर्माणाधिन सडकको हेलिकप्टरबाट निरिक्षण समेत गरेका छन् ।

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published.