पुलिस एकेडेमी बनाउन प्रतिस्पर्धा विनै ९ अर्बको ठेक्का लाग्दै

पुलिस एकेडेमी बनाउन प्रतिस्पर्धा विनै ९ अर्बको ठेक्का लाग्दै

काठमाडौं । भारतको अनुदान सहयोगमा काभ्रेको पनौतीमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को संरचना बनाउन भएको टेन्डरमा आर्थिक प्रतिस्पर्धा नहुने भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले गरेको टेन्डरमा एउटा मात्रै निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा पास भएको छ ।

प्रतिष्ठानका अनुसार आहालुवालिया कन्स्ट्रक्सन, भारत र रोसन कन्स्ट्रक्सन, नेपालको ज्वाइन्ट भेन्चर कम्पनी (एसीआईएल–आरसीपीएल) मात्र प्राविधिक रुपमा पास भएको हो । अब यो कम्पनीले जति मूल्य कबोल गरेको छ, त्यतिमै प्रहरी प्रशिक्षण प्रतिष्ठानको ठेक्का लाग्नेछ ।

बोलपत्रको सूचना अनुसार ६ जुन, २०२२ मा यो कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तालिका छ । सो दिनमा एसीआईएल–आरसीपीएल कम्पनीले कबोल गरेकै मूल्यमा टेन्डर लाग्नेछ ।

भारतले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा नेपाल सरकारले संशोधनसहित स्वीकृति गरेर गत पुसमा टेन्डर आह्वान गरेको थियो ।
आर्थिक प्रस्ताव खोल्नेबारेको सूचना ।

पनौतीको सुनथानामा ४२.४ हेक्टर जग्गामा प्रतिष्ठान बनाउन भारतले २०१४ नोभेम्बर २६ मा ५ हजार ४ सय ९४ दशमलव ६१ मिलियन भारु अर्थात् ८ अर्ब ८० करोड हजार रुपैयाँ अनुदान दिने सहमति जनाएको थियो । यो परियोजनाको निर्माण सुरु भएको ३६ महिनामा सक्ने लक्ष्य छ ।

यो परियोजनाको टेन्डरमा भारतको सीपीडब्ल्यूडी नामको कम्पनी परामर्शदाताका रुपमा काम गरिरहेको छ । भारतीय प्रतिनिधिसहित नेपालको प्रहरी अधिकारीहरु संलग्न मूल्यांकन समिति बनाइएको छ ।

भारतले लामो समयसम्म अलमल्याएको आयोजना टेन्डर प्रक्रियामा पनि विवादमा पर्ने देखिएको छ …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *