निर्माण व्यवसायीले टेरेनन् नगरको निर्देशन, सडक ढलान अलपत्र

निर्माण व्यवसायीले टेरेनन् नगरको निर्देशन, सडक ढलान अलपत्र

सडक ढलानको जिम्मा लिएको व्यवसायीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पूरा गर्न नसकेको हो ।

मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए ।

नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुनः सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुङ्गालाई पनि निर्देशन दिएको थियो ।

दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दै आएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ । लामो समयदेखि दिक्तेल बजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यातायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए …

पूरा समाचारको लागि : https://www.ratopati.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *