निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् । अब उनीहरुले आफ्ना माग सम्बोधन नगरे अत्यावश्यकबाहेकका परियोजना र राष्ट्रिय गौरवका आयोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर निर्माण सामग्रीको मूल्य समायोजन गर्न र व्यवसायीलाई राहत दिन माग गरेका छन् ।

महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको समेत जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

‘निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेकोबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ …

पूरा समाचारको लागि : https://rajdhanidaily.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *