बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

बैतडी । जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासिन्दासमेत निराश भएका छन् ।

आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरुले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दिनेश विष्टले जानकारी दिए । उनले भने, ‘बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।’

बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन ।

सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *