आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ ।

एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *