द्रुतमार्ग ५ वर्षमा २१% सकियो, २ वर्षलाई ७९% बाँकी

द्रुतमार्ग ५ वर्षमा २१% सकियो, २ वर्षलाई ७९% बाँकी

काठमाडौँ — तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण थालेको ५ वर्षमा निर्माण प्रगति २१.१८ प्रतिशत मात्र छ । सेनाले अबको दुई वर्षभित्र ७९ प्रतिशत निर्माण सक्नुपर्ने छ । तर प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सोमबार आयोजना गरेको छलफलमा सहभागी सदस्य भने दुई वर्षभित्र निर्माण सकिने कुरामा विश्वस्त हुन सकेनन् । निर्धारित समयमा काम सक्ने अवस्था नदेखिएको समिति सदस्य गणेश पहाडीले बताए ।

‘०८१ मंसिरसम्म काम सक्ने भनिएको छ । ठेक्का व्यवस्थापनको काम ०७८/७९ भित्र सकिसक्ने भनिएको थियो,’ पहाडीले भने, ‘प्याकेज नम्बर ६ र ७ को ठेक्का साउन र ८, ९ र १० प्याकेजको ठेक्का कात्तिकसम्म गरिसक्ने भनिए पनि ११ नम्बर प्याकेजको ठेक्का गर्ने छाँटकाँट छैन । कार्यतालिकाबाट भागेपछि कसरी समयमै काम सकिन्छ ?’ सुरुङ निर्माणको काम तालिकाअनुसार अगाडि नबढेको उनको दाबी छ । ‘यसको सुरु लागत अनुमान ९० अर्ब रुपैयाँ थियो, अहिले बढेर १ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको छ,’ पहाडीले भने, ‘अझै ढिला गर्दै गयौं भने यसको लागत बढ्छ । समय धेरै खेर गइसक्यो । लागत नबढ्ने गरी गुणस्तरीय काम गर्न जरुरी छ ।’ निर्माण थालेको ५ वर्ष बित्दा फास्ट ट्र्याकको प्रगती निराशाजनक रहेको समिति सदस्य पद्मा अर्यालले बताइन् ।

‘०७४ वैशाखमा सेनालाई आयोजना हस्तान्तरण गरियो, ५ वर्ष बित्यो, कहाँ पुग्ने लक्ष्य थियो, तर कहाँ पुगियो,’ उनले सेनाको कामप्रति टिप्पणी गर्दै भनिन्, ‘सेनाको साख फास्ट ट्र्याकले धुमिल बनाउन भएन, त्यसका लागि समयमै काम सक्नुपर्छ ।’ तराईको विकासको क्षेत्रमा यो महत्त्वपूर्ण आयोजना रहेको उनको भनाइ छ । अर्का सदस्य गजेन्द्रबहादुर महतले पनि सेनाले काम ठगका रूपमा चिनिएका चिनियाँ ठेकेदारलाई ठेक्का दिएर निर्माणमा ढिलाइ गरेको आरोप लगाए । ‘सेनाले मंगाल खनिरहेको होइन, बारुदी सुरुङ बिछ्याएको पनि होइन,’ उनले भने, ‘आयोजनाको परामर्शदाताले जे भन्छ, त्यही गर्न मिल्छ । तर परामर्शदाता नै ठेकेदारसँग मिलेको हुन सक्छ …

पूरा समाचारको लागि : ekantipur.com

Leave a comment

Send a Comment

Your email address will not be published.