लुम्बिनी अस्पतालको ठेक्कामा मिलेमतो ठहर, खरिद अनुगमनले दियो तीन आधार

लुम्बिनी अस्पतालको ठेक्कामा मिलेमतो ठहर, खरिद अनुगमनले दियो तीन आधार

बुटवल । सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पत्र काट्दै कार्यालयले किन नियमविपरीतको प्रावधान गरेर ठेक्का भएको हो भन्नने स्पष्टीकरण पनि मागेको छ ।

कार्यलयमा सहसचिव उमेश ढुंगनाका अनुसार नियम विपरीत हुने गरी ठेक्कामा योग्यता र कागजात मागिएकाले त्यसमा स्पष्टीकरण मागिएको बताए । प्राधिकरणले ठेक्कामा भएको त्रुटिलाई सच्याउनुपर्ने कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार प्राधिकरणले ९ असारमा मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन टेण्डर आह्वान गरेको थियो ।

यसअघि सेटिङ भएकै कारण रद्ध भएको टेन्डर यसपटक पनि मिलेमतोमै भएको पाइएपछि प्राधिकरणलाई कार्यालयले फेरि पत्र काटेको हो । बोलपत्रमा २ अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागिएको थियो । रसुवा कन्स्ट्रक्सन वा शर्मा एन्ड कम्पनीलाई ठेक्का दिलाउने र प्रक्रिया पुरा गर्न २ वटा कम्पनीलाई प्रारम्भिक योग्यतामा पास गराउने गरी सेटिङमा ठेक्का भएको छ ।

यसबारे अनलाइनखबरमा प्रकाशित भएपछि खरिद अनुगमन कार्यालयले आवश्यक अध्ययन गरेर ठेक्कामा मिलोमतो भएको तीनवटा आधार प्रस्तुत गरेको छ । विदेशी कम्पनी भएपनि आफ्नोबाहेक अर्को देशमा गएर काम गर्नुपर्न र विदेशी कम्पनी ल्याउँदा सम्बन्धित देशको सरकार र नेपालस्थित दूतावासमा नोटरी गर्नुपर्ने व्यवस्थाले प्रतिस्पर्धा खुम्च्याएको कार्यालयको ठहर छ ।

‘हाम्रो खरिद कानुनले कम्पनीको कागजात नोटरी गर्नुपर्ने व्यवस्था गरेको छैन,’ ढुंगानाले भने,दूतावासमा प्रमाणीकरण गराउने कुरा पनि जायज हैन । यस्तो व्यवस्था किन राखियो भनेर सोधेका छौं ।’ विदेशमा काम गरेर अनुभव बटुलेको कम्पनीसँग आफ्नो देशभन्दा बाहिर गएर काम गरेको अनुभवले माग्नुले प्रतिस्पर्धालाई मारेको कार्यालयको ठहर छ ।

बोलपत्र बुझाउन १० दिनमात्रै अवधि बाँकी रहँदा बोलपत्र संशोधन गरेर विदेशबाट ल्याउनुपर्ने थप कागजात मागिएकाले पनि यसमा मिलेमतोको आशंका बलियो भएको कार्यालयको स्रोतको भनाइ छ …

पूरा समाचारको लागि : https://www.onlinekhabar.com

Leave a comment

Send a Comment

Your email address will not be published.