दुई महिनादेखि बेपत्ता कोशी अस्पताल भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी धरौटी जफत हुने भएपछि काममा फर्किएको छ । विराटनगरको कोशी अस्पताल प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । उक्त अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लागेको थियो ।
तर, २०७८ असोजदेखि ठेक्का पाएर काम सुरु भएको १ वर्षसम्म लक्ष्य अनुसार काम भएको थिएन ।
काम सम्पन्न नहुँदै तीन महिनादेखि निर्माण कम्पनी वेपत्ता जस्तै बनेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो ।
उक्त टेण्डरमा रमन, भूमि, बिआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा ठेक्का हात पारेको थियो । सो कम्पनीसँग ठेक्का पाएपछि २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाइसँग सम्झौता भएको हो भने २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।
उक्त भवन निर्माणको लक्ष्य अनुसार हालसम्म ४० प्रतिशत काम सम्पन्न गरिसक्नु पर्ने हो । तर, हालसम्म २० देखि २५ प्रतिशत मात्रै काम भएको भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले जनाएको छ । विगत ३ महिनादेखि वेपत्ता भएको कम्पनीले काम भने सुरु गरेको कार्यालयका प्रमुख गणेशबहादुर महर्जनले बताए । ‘पाँच दिनदेखि काम भइरहेको छ,’ उनले भने ।
निर्माण कम्पनीले काम रोकेपछि २६ साउनमा सहरी विकास तथा भवन निर्माण विभागको कार्यान्वयन इकाइले सम्झौता गरेको अवधिमा काम सक्ने गरी काम गर्न निर्देशनसहितको पत्र काटेको थियो ।
‘निर्माण कार्यको सहरी विकास मन्त्री मेटमणि चौधरी तथा शहरी विकास तथा भवन निर्माण विभागका उच्च पदाधिकारीहरूबाट अनुगमन हुँदा निर्माण कार्य अन्त्यन्त सुस्त गतिमा भइरहेको र कार्य तिब्रता बढाइ सम्झौता अवधिभित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्न गराउन निर्देशन समेत भएकोले सोही अनुसार तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्नेगरि संसोधित कार्यतालिका समेत यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ,’ रमन, भुमी÷ बि.आई. पि.एल. जे.भीलाई काटेको पत्रमा उल्लेख छ …
Leave a comment