बिर्तामोड-भद्रपुर सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही

बिर्तामोड-भद्रपुर सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही

बिर्तामोड — सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ । सम्झौताअनुसार ७ महिना मात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै सडक डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एम/एस कन्टेक प्रालिले लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।

सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको हो । ‘३० महिनामा सक्नुपर्ने काम २३ महिना बितिसक्यो । अहिलेसम्म कामको प्रगति २५ प्रतिशतमात्रै छ । काम किन नगरेको भनेर हामीले पटकपटक सोधीखोजी गरेका छौं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै काम गर्न पटकपटक आग्रहसमेत गर्‍यौं । तर, बेवास्ता गरेपछि हामीले पहिलो चरणको कारबाही स्वरुप लिखित स्पष्टीकरण मागेका छौं । स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत हामी तयारी अवस्थामा छौं‚’ सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले भने …

Source : https://ekantipur.com

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *