विराटनगर : निर्माण व्यवसायी बेपत्ता हुँदा अलपत्र परेको विराटनगरस्थित कोशी अस्पताल निर्माण कार्य पुनः सुरु भएको छ। विगत ५ महिनादेखि अलपत्र परेको अस्पतालको सर्जिकल ब्लक निर्माण कार्य सोमबारदेखि पुनः सुरु भएको हो।
संघीय आयोजना कार्यान्वयन इकाइको पत्राचारपछि सम्पर्कमा आएका रमण र भूमि कन्स्ट्रक्सनले अस्पतालको निर्माण कार्य अघि बढाएका हुन्। यसअघि कोशी अस्पतालभित्र ६ तले संरचनासहितको सर्जिकल ब्लक निर्माणको ठेक्का रमन/भूमि/बीआईपीएल जेभीलाई दिइएको थियो। तर, संघीय आयोजना कार्यान्वयन इकाइले ६ पटक पत्राचार गर्दापनि बीआईपीएल सम्पर्कमा नआएपछि बाँकी रहेका दुई निर्माण कम्पनीले काम अघि बढाएका हुन्।
सम्झौता मितिमै निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर अशोक कुमार रामले अन्नपूर्णलाई बताए। ‘निर्माण कम्पनीलाई सम्पर्कमा आउन हामीले गत साउनदेखि मंसिरसम्म कुल ६ पटक पत्राचार गरेका थियौं। अन्तिममा धरौटी जफत गर्ने तयारी गरेपछि रमण र भूमि कन्स्ट्रक्सन सम्पर्कमा आएका हुन्,’ उनले भने, ‘अब यी दुई निर्माण कम्पनीले नै काम सुरु गरेका छन्। आइतबार चाडपर्व भएकाले काम सुरु गर्न सकिएन। आजदेखि काम सुरु हुँदैछ…
साभार : अन्नपुर्ण पोस्ट
https://annapurnapost.com/news/construction-of-the-hospital-took-off-223159
Leave a comment