आठ करोड बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो रोल्पा सिमेन्टको बिजुली 

आठ करोड बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो रोल्पा सिमेन्टको बिजुली 

नेपाल विद्युत प्राधिकरणको रोल्पा वितरण केन्द्र अन्तर्गत रोल्पा सिमेन्टको बिजुली काटिएको छ।

सिमेन्टले एक वर्ष अगाडिदेखिको बिद्युत महशुल नतिरेकाले आजदेखि बिजुली काट्न बाध्य भएको विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख हरि पाण्डेले जानकारी दिए।

कार्यालयका अनुसार उक्त सिमेन्ट उद्योगले डेडिकेटेडसमेत गरी २४ महिनादेखि आठ करोड ४४ लाख ६७९ रूपैयाँ तिर्न बाँकी छ।

‘अब उक्त कम्पनीले २५ प्रतिशत भुक्तानी गर्यो भने बाँकी किस्ताबन्दीमा तिर्ने गरी व्यवस्था हुन्छ। त्यसपछि मात्रै बिजुली पठाउन सकिन्छ,’ प्रमुख पाण्डेले भने।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *