भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल

भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल

भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ।

आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह–विराटनगर, रक्सौल काठमाडौं रेल सेवा निर्माण र सञ्चालनका बिषयमा कुराकानी भएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन्।

भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरु नेपालमा सञ्चालित छन्। ति योजनाहरू भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए। तर लामो समयसम्म निर्माण हुन सकेका छैनन्।

दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो। सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् …

स्रोत : नेपाल खबर

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *