गाउँपालिकाले अनुदानमा पाएको एक्साभेटर आठ महिनासम्म पनि लगेन

गाउँपालिकाले अनुदानमा पाएको एक्साभेटर आठ महिनासम्म पनि लगेन

गोरखा : सीमावर्ती चुमनुब्री गाउँपालिकाका लागि चीनले अनुदान दिएको एक्साभेटर आठ महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ।

गाउँपालिकाका अध्यक्ष निमा लामालाई हस्तान्तरण गरिएको सो एक्साभेटर गत असोजदेखि जिल्ला समन्वय समितिको आँगनमा राखिएको छ।

चुमनुब्री गाउँपालिकाको जगतसम्म सडक सञ्जाल जोडिएको छ। सडक तथा अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाको तजबिजमा प्रयोग गर्नेगरी चीनले दिएको एक्साभेटर पालिकाले लामो समयदेखि सदरमुकाममै थन्क्याएर राखेको छ।

नेपाली सेनाको सडक निर्माण निर्देशनालयले चुमनुब्री हुँदै तिब्बत जोड्ने गरी सडक निर्माण गरिरहेको छ। सो एक्साभेटर सदरमुकाममा थन्क्याउनुको साँटो पालिकाभित्र सहायक सडक, नाली, निर्माण तथा विभिन्न काममा प्रयोग गरेर पालिकाको विकास गर्नुपर्ने सामागाउँका मिङ्मा छिरिङ लामाको सुझाव छ।

गाउँको विकासका लागि आफूहरूको मागलाई सम्बोधन गरी पाएको एक्साभेटर लामो समयदेखि प्रयोग नै नगरी घाम, पानीमा मिल्काएर राख्दा मेसिनमा खिया लाग्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे …

स्रोत : अन्नपुर्ण पोस्ट

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *