नारायणगढ–मुग्लिन सडकको पहरो फोर्न विष्फोटक पदार्थ किन्ने फाइल भारतीय दूतावासमा

नारायणगढ–मुग्लिन सडकको पहरो फोर्न विष्फोटक पदार्थ किन्ने फाइल भारतीय दूतावासमा

नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि पहरो फुटाउन विष्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी फाइल भारतीय दूतावासमा पुगेको छ।

यो सडक खण्डको तुइन र चिसेन्जी खोलामा नयाँ पुल निर्माणका लागि कडा चट्टानसहितको पहरो फोर्न विष्फोटक पदार्थ खरिद गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले कठिन भौगोलिक बनावट रहेका स्थानका चार वटा खोलामा पुल निर्माणका लागि पहाड काट्न गत पुस ५ गतेदेखि साढे दुई महिनासम्म दैनिक ४ घण्टा सवारी साधन नै रोकेर काम गरेको थियो। रक ब्रेकरले पहाड फोर्ने नसकेपछि बम विष्फोट गरेर फोर्नुपर्ने निष्कर्षमा आयोजना पुगेको थियो।

आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ आवश्यक पर्ने निर्णय गरेर गृह मन्त्रालयमा पठाएको फाइल अहिले भारतीय दूतावासमा पुगेको जानकारी दिए।

गृह मन्त्रालयले उक्त फाइल रक्षा मन्त्रालयमा पठाएको थियो।

‘नेपाली सेनासँग मात्रै विष्फोटक पदार्थ हुने भएकाले फाइल रक्षा मन्त्रालय पुग्यो तर नेपालमा विष्फोटक पदार्थ रहेनछ। रक्षाले त्यो फाइल परराष्ट्र मन्त्रालय पठाइदियो। परराष्ट्रले भारतीय दूतावासमा पठाइदिएको छ,’ कार्कीले भने।

सडक आयोजना दूतावासको ‘नो अब्जेक्सन सर्टिफिकेट’को पर्खाइमा छ। कार्कीका अनुसार उक्त पत्र प्राप्त भएपछि कन्ट्र्याक्टरले एलसी खोलेर भारतबाट विष्फोटक पदार्थ खरिद गर्नेछ।

‘नेपाली सेनासँगै विष्फोटक पदार्थ भएको भए काम सुरू भइसक्थ्यो। यहाँ नभएका कारण दूतावास हुँदै भारत पुग्नुपर्ने भयो। रक्षा मन्त्रालयमा फाइल अल्ली धेरै समय रोकिएका कारण पनि खरिद प्रक्रियामा ढिलो भयो,’ कार्कीले भने …

स्रोत : सेतोपाटी

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *