ठेक्का तोड्ने सूचना निकाल्दै, पछि हट्दै सरकार

ठेक्का तोड्ने सूचना निकाल्दै, पछि हट्दै सरकार

काठमाडौँ — कमलविनायक–नगरकोट सडक निर्माणको ठेक्का तोड्ने चेतावनी दिएर गत चैत १३ मा भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले १४ दिने सूचना निकाल्यो । आठ पटक म्याद थप्दा पनि काममा प्रगति नभएपछि उक्त अवधिभित्र काममा प्रगति नभए ठेक्का तोडिने सूचनामा उल्लेख थियो । तर चैत २६ मै आयोजनालाई तोकेको १४ दिनको समयसीमा सकिए पनि ठेक्का तोडिएन ।

पूर्वभौतिकमन्त्री नारायणकाजी श्रेष्ठले यससँगै अन्य सडकमा समस्या देखिएपछि ठेकेदारलाई मन्त्रालयमै बोलाएर काम सक्ने लिखित प्रतिबद्धता गराएका थिए । उक्त प्रतिबद्धताअनुसार यस सडकको निर्माण चैतभित्र सकिसक्नुपर्ने थियो । तर श्रेष्ठ गृह मन्त्रालय गए । उनले निर्माण चाँडो सक्न ताकेता गरे पनि उनी हिँडेपछि ठेकेदारलाई ताकेता गर्ने कोही भएन ।

कमलविनायक–नगरकोट सडकबारे इन्जिनियरको प्राविधिक टोलीले अध्ययन गरिरहेको र त्यसको रिपोर्ट आएपछि मात्र ठेक्का तोड्ने/नतोड्नेबारे निर्णय हुने आयोजनाले जनायो । ठेक्का तोड्नेबारे सडक सुधार तथा विकास आयोजना निर्देशनालयले निर्णय गर्नेछ । अहिले यस सडकमा ९३ प्रतिशत भौतिक प्रगति छ । करिब १६ किमि सडकमध्ये अझै १ किमि कालोपत्र गर्न बाँकी छ । निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ ।

सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ । यसबीच ठेकेदार कम्पनीले २९ करोड ७७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

यस्तै समस्या भएको सडक हो, दोलखाको मुडे–चरीकोट । यस सडकको ०७२ सालमा ठेक्का भए पनि काम सकिएको छैन । सम्झौताअनुसार ३० किमि कालोपत्र स्तरमा दुई लेन सडक स्तरोन्नति गर्नुपर्ने हो । तर, सात पटक म्याद थप्दा अहिलेसम्म आयोजना पूरा हुन सकेको छैन । सुरुमा कामको जिम्मा लिने निर्माण कम्पनीले नगरेपछि समस्या भएको सडक सुधार तथा विकास योजना कार्यालय दोलखाका निमित्त प्रमुख ईश्वर कार्की बताउँछन् …

स्रोत : कान्तिपुर

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *