डेढ खर्ब ढुकुटीमा राखेर सरकार किन तिर्दैन निर्माण व्यवसायीको ६० अर्ब?

डेढ खर्ब ढुकुटीमा राखेर सरकार किन तिर्दैन निर्माण व्यवसायीको ६० अर्ब?

सरकारले अन्तर-मन्त्रालय र अन्तर-निकाय कमजोरी देखाएर निर्माण व्यवसायीको भुक्तानीमा आलटाल गरिरहेको छ। निर्माण व्यवसायीको तिर्नुपर्ने पैसा सरकारले नतिरेको कारण अन्‍य क्षेत्रमा पनि यसको नकारात्मक प्रभाव देखिन थालेका छन्।

निर्माण व्यवसायीहरूले २०७९ पुसदेखि काम सकेर भुक्तानीका लागि पठाइएको बिलको भुक्तानी नभएको गुनासो गरेका छन्।

‘गत पुस/माघदेखिकै भुक्तानी रोकिएको छ। सरकारले नै काम गरेको रकम उपलब्ध नगराएपछि हामी थप काम गर्न समस्यामा परिरहेका छौं,’ शर्मा एन्ड शर्मा कम्‍पनीका सञ्चालक रमेश शर्माले भने।

नेपाल निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार अहिले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले दिनुपर्ने ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको छ।

‘निर्माण व्यवसायीको क्षमता नभएकाले सार्वजनिक निर्माण सुस्त भएको गुनासो सरकारी अधिकारीहरूबाट बारम्बार सुनिन्छ। जब हामीले काम गरेकै पैसा पाउन सक्‍दैनौं, थप काम कसरी गर्न सक्छौं,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भन्छन्।

बैंकसँग ऋण लिएर निर्माण काम सम्पन्न गरेका व्यवसायीलाई सरकारले रकम उधारोमा राखिदिएपछि बैंकले कालोसूचीमा राख्‍ने अवस्था आएको पनि उनीहरूले गुनासो गरेका छन्।

‘सरकारले देख्दा निर्माण व्यवसायीको पैसा रोकेको देखिन्छ। तर यसको चक्र सबैतर्फ फैलिएको छ। हामीले पनि उधारोमा सामान लिएका छौं। बैंकबाट ऋण लिएका हुन्छौं,’ निर्माण व्यवसायी शर्माले भने, ‘हामीले समयमा ऋण तिर्न नसक्दा बैंकको खराब कर्जा बढेको छ। निर्माण सामग्री उद्योगहरूको उत्पादनमा असर गरेको छ।’

सिमेन्ट तथा डन्डी उत्पादक तथा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल सरकारले निर्माण व्यवसायीको पैसा भुक्तानी नगर्दा उत्पादनमै समस्या परेको बताउँछन् …

स्रोत : सेतोपाटी

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *