पुलको जग खन्दा तातोपानीको मूल

पुलको जग खन्दा तातोपानीको मूल

हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको मूल निस्किएपछि काम प्रभावित भएको छ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित पुलको जग खन्दा आठ वटा तातोपानीको मूल निस्किएको छ। पुल निर्माणमा संलग्न स्वच्छन्द माउन्ट मेमोरी जेभीका स्थानीय प्रतिनिधि विजय लामाका अनुसार नदी किनारमा जग खन्ने क्रममा तानोपानीको मूल निस्किएपछि समस्या आएको छ। दुई वटा मेसिनले तातोपानी फाल्दा मेसिन नै जलेको थियो। दुवै मेसिन जलेपछि अर्को मेसिनबाट २० दिनदेखि तातोपानी फाल्ने काम मात्र गरिएको जनाइएको छ। हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीले पक्की पुल निर्माण स्थलमा तातोपानी निस्केपछि काममा बाधा पुगेको बताउनुभयो।

पुलको ठेक्का सम्झौता २०७८ साल असोज १४ गते भएको थियो। सम्झौता भएको मितिले डेढ वर्षपछि निर्माण सुरु भएको थियो। भ्याटबाहेक १० करोड ४८ लाख रुपियाँको लागतमा पुल ठेक्का लागेको हो। २०८० साल फागुन १० गते पुल निर्माण सम्पन्न गर्नुपर्ने छ …

स्रोत : गोरखापत्र अनलाइन

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *