५ वर्षमा पनि बनेन पुल, ठेकेदारले नै टाँसे सार्वजनिक सूचना

५ वर्षमा पनि बनेन पुल, ठेकेदारले नै टाँसे सार्वजनिक सूचना

बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माण अलपत्र भएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ५ वर्ष बित्दासमेत ५६ प्रतिशतमात्रै काम भएको छ ।

ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाएका कारण काम गर्न नसकिएको जनाएको छ । ठेकेदार कम्पनीका सञ्चालक रवि सिंहले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाएका छन् ।

‘हामी धेरै समस्यामा छौँ, अहिले काम नगरौँ भने बर्खा सुरु भएपछि काम गर्न सकिँदैन, काम गरौँ भने मजदुरहरुलाई दैनिक ज्यालादारी र रासनपानीका लागि दिने पैसासमेत छैन,’ सिंहले भने ‘यस वर्ष यो पुलको काम गर्न बजेट पनि छुट्याइएको छैन, राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको पुलको यस्तो हालत छ भने दुर्गमतिर काम गर्ने ठेकेदारको अवस्था के होला ?’

यो पुल पूर्व–पश्चिम राजमार्गको पथलैया चोकदेखि २ किलोमिटर पूर्वतर्फ छ । हाल दुधौरामा सवारी साधन डाइभर्सन गरेर खोलाबाटै आवतजावत भइरहे पनि बर्खामा बाढी आएको बेला यातायात अवरुद्ध हुने गर्दछ ।

ठेकेदार कम्पनीका सञ्चालक सिंहले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी भए पनि काम सम्पन्न गर्ने बताएका छन् । यो पुल निर्माणका लागि संघीय सरकार, सडक विभाग पुल महाशाखाले पहुँचमार्ग र दुधौरा खोला तटबन्ध सहित १५ करोड १२ लाख बजेट विनियोजन गरेको छ । जसमा पुल निर्माणका लागिमात्रै १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ …

स्रोत : रातोपाटी

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *