सनराइज कन्स्ट्रक्सनका "बडैला" जसले गरे समय अगावै निर्माण कार्य सम्पन्न

सनराइज कन्स्ट्रक्सनका "बडैला" जसले गरे समय अगावै निर्माण कार्य सम्पन्न

देशका अधिकांश निर्माण व्यवसायी पूर्वाधार निर्माण योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन् । तर, बझाङमा एक निर्माण व्यवसायीले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्दै आएका छन् । र उनी नमुना युवा निर्माण व्यवसायी बन्न सफल छन् ।

देशको पूर्वाधार विकासमा युवापुस्ताको सक्रियता रहनुपर्छ भन्ने भावना आम देशबासीको मानसपटलमा रहेकै अवस्थामा निर्माण क्षेत्रमा लगभग आधा दशकअघि प्रवेश गरेका युवा निर्माण व्यवसायी आशिष कुमार बडैलाले लिएका अधिकांश योजनाहरु समय अगावै सम्पन्न गरेर निर्माण क्षेत्रमा युवाको भूमिकालाई पनि उनी एक उदाहरणीय पात्र बन्न पुगेका छन् ।

निर्माण व्यवसायी बडैलाको नेतृत्वमा चन्द्र विकास सनराइज जेभीले बझाङको खप्तडछान्ना गाउँपालिकाको भवनको निर्माण समय २ वर्ष रहेतापनि १ वर्ष नपुग्दैमा सम्पन्न गरेसंगै निर्माण व्यवसायी बडैला यतिबेला निर्माण जगतमा चर्चामा पुगेका छन् । सम्झौता अवधिभन्दा १३ महिना अघि नै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको सो जेभीले जनाकारी दिएको छ । मिति २०७९ माघ ९ गते सम्झौता भएको सो गाउँपालिकाको भवन मिति २०८१ माघ ९ गते सम्पन्न गर्ने सम्झौता भएको भएतापनि मिति २०८० पुस २५ गते नै सम्पन्न गरेसंगै उनको काम गराईप्रति उक्त गाउँपालिकाका कर्मचारीहरुले समेत खुसी व्यक्त गरेका छन् । उक्त भवन कुल चार करोड ६५ लाख २६ हजार ६ सय ७८ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

उमेरले भरखरै ३० वर्षमा मात्र प्रवेश गरेका बडैला सनराइज कन्स्ट्रक्शनका प्रोपाइटर हुन् । निर्माण क्षेत्रमा प्रवेश गरेर छोटो समयमै चर्चामा आएका उनी योजनाहरुको कामलाई गुणस्तर र समय अगावै काम सम्पन्न गर्न अहोरात्र तल्लिन रहने गरेका व्यक्ति हुन् । समय अगावै योजनाहरु सम्पन्न गर्दा योजना दिने निकायले गर्ने सम्मान र स्थानियबासीको उत्साह र हर्षले निर्माण जगतमा आफुलाई काम गर्न थप उर्जा मिलेको प्रोपाइटर बडैलाले व्यक्त गरे । उनी अगाडि भन्छन् – ‘आफ्नो मेहनत, लगनशिलताले प्राप्त गरेको उपलब्धिप्रति गौरवान्वित छु ।’

युवा निर्माण व्यवसायी बडैलाले पाँच वर्षको अवधिमा आधा दर्जन योजनाहरुको काम समयमा नै सम्पन्न गरेका छन् । उनले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीको लगनशिलता र सरकारी निकायको समयमा नै भुक्तानी र कामको समयमा नै निगरानी हुने हो भने सम्पूर्ण योजनाहरु समयमा नै सम्पन्न गर्न गारो छैन् । उनी अगाडी भन्छन् – सरकारले समयमा नै भुक्तानी नदिने गरेको कारण योजनाहरु समयमा सम्पन्न नभएका हुन्, सरकारले भूक्तानी दिने कुरालाई यथासिघ्र सम्बोधन नगर्ने हो भने निर्माण क्षेत्रमा गम्भिर संकट आउन सक्ने सम्भावना बढ्दै गएको छ ।

स्मरण रहोस् निर्माण व्यवसायी बडैलाले यसअघि कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा स्थीत जननमुना माध्यामिक विद्यालयको भवन निर्माण १८ महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता भएतापनि १३ महिनामा नै सम्पन्न गरेसंगै कञ्चनपुर जिल्लामा पनि उनी चर्चामा रहेका छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *