सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, १९.७ मिटर खनियो

सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, १९.७ मिटर खनियो

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।

आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ ।

आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति १०.४५ प्रतिशत पुगेको छ । जसमध्ये ६.४ प्रतिशतमा डिजाइन, विस्तृत अध्ययन, रूखकटान, ल्याब तथा पवार सप्लाइका काम पर्छन् भने ४.०५ प्रतिशत प्रगति भने संरचना भएको देखिएको छ ।

नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ …

स्रोत : अनलाइन खबर

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *