नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौंडामा

नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौंडामा

मकवानपुर । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । साधारणसभा आगामी चैत्र १६ र १७ गते हुने भएको हो ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने उक्त संघको साधारणसभा निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजकत्वमा हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

सभामा निमार्ण व्यवसायका उपकरणहरुको स्टल समेत राखिने निर्माण व्यवसायी महासंघका महासचिव राजेन्द्र चौलागाइँले जानकारी दिए ।

उनका अनुसार, साधारणसभामा देशभरका ७७ वटै जिल्लाका, जिल्ला शाखाका प्रतिनिधिहरु, सातै प्रदेशका महासंघहरु, वस्तुगत र एसोसिएट सदस्यहरु, महासंघमा आवद्ध साधारण सदस्यहरुको सहभागिता रहनेछन् ।

प्रदेशको राजधानीमा पहिलो पटक हुन लागेको उक्त साधारण सभाले हेटौंडाको आर्थिक क्षेत्रमा थोरै मात्र भएपनि सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको चौलागाईँले बताए ।

पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, संघका पुर्व अध्यक्ष आनन्दराम पराजुली, खड्क गोपाली लगायतको सहभागिता रहेको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *