पृथ्वीराजमार्ग पूर्वीखण्डमा ३२ किमी कालोपत्रे सकियो

पृथ्वीराजमार्ग पूर्वीखण्डमा ३२ किमी कालोपत्रे सकियो

तनहुँ । पृथ्वीराजमार्ग (मुग्लिन-पोखरा सडक)अन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरी कालोपत्रे काम सकिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ किमी र दुई लेनको ८ किमी सडक कालोपत्र गरिएको आयोजनाका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सडक विस्तारको अन्तिमसम्म ४ सेन्टिमिटर थपेर कूल १० सेन्टिमिटरको सडक कालोपत्रे बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर पाण्डेले जानकारी दिए ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । उक्त सडक विस्तार गर्न २०८१ वौशाखसम्म म्याद तोकिएको छ …

स्रोत : अनलाइन खबर

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *