नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माण हुँदै

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माण हुँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिन भित्र पेश गर्नका लागि विभागले चैत ३ गते सूचना जारी गरेको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनी ए.बि.पि. इनर्जी प्रालि रहेको छ । आयोजना निर्माणमा अन्य अवरोधहरू नभएमा २०८३ चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पानले जारी गरेको सुचनामा उल्लेख छ ।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य मुख्य संरचनाहरू गुप्तेश्वर गाउँपालिका वडा नम्त्रर १ स्थित खोलाको दायाँ किनारमा रहने छन् ।

विद्युत विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो। जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभागमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

तादी घ्यांगफेदी जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत उत्पादन गर्नेछ। आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट आवर (सुक्खायाममा १६.१७ गिगावाट आवर र वर्षायाममा ३३.५९ गिगावाट आवर) विद्युतीय ऊर्जा उत्पादन हुनेछ।

आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाइको बाँध निर्माण गरिने छ ।

विद्युत गृह १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ २१.७७ मिटर उचाइको विद्युत गृहमा ४/४ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहने छन् ।

आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डमा जडान गरी ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *