बेनी नगरपालिकामा बन्यो फुटपाथसहितको अपाङ्गमैत्री सडक

बेनी नगरपालिकामा बन्यो फुटपाथसहितको अपाङ्गमैत्री सडक

बेनी नगरपालिका वडा नम्बर ९ मा अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकार र उपभोक्ता समितिको साझेदारीमा फुटपाथसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको हो ।

४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिले जानकारी दिएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ४० लाख र उपभोक्ताको तर्फबाट चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारीमा सडक निर्माण भएको हो ।

पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरिएको छ । साँघुरो र उकालो सडक अपाङ्गमैत्री बनेपछि स्थानिय खुसी भएका छन् । यो सडक निर्माणले गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ ।

नेपालमा बनेका अधिकाँश निर्माण संरचना अपाङ्गमैत्री नहुँदा फरक क्षमता भएका अपाङ्गाता भएकाहरुलाई आवतजावतमा कठिनाई हुँदै आएको छ । यो सडक निर्माणले अन्य संरचनाहरुलाई सबैलाई भरपर्दौ उपयोगी र प्रविधिमैत्री निर्माण संरचना बनाउन प्रोत्साहन गर्ने
ने देखिन्छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *