सरकार छिटो छिटो परिवर्तन भएपनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल

सरकार छिटो छिटो परिवर्तन भएपनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले पुष्पकमल दाहालले अस्थिर राजनीतिका कारण सरकार फेरबद भएपनि विकाश निर्माण र समृद्धिको यात्रामा ब्रेक नलाग्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले व्यवसायीलाई ढुक्क भएर काम गर्न अनुरोध गर्नुभएको छ । पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले नयाँ सत्ता गठबन्धनसैगै गृहमन्त्री र अर्थमन्त्रीलाई सामुहिक रुपमा व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिने गरि गृहकार्य गर्न अनुरोध गरेको बताउनुभएको छ । मुलुकको हितको लागि कानून पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीलाई सरकारले सुरक्षीत बतावरण उपलब्ध गराउने दाहालले बताउनुभएको छ ।

दाहालले मुलुकको उन्नतिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै “नेपालमा अस्थिर राजनीतिका कारण सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध नहुने बताउनुभएको छ ।

अर्बौ लागतमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको विषयमा आफू चिन्तित रहेको बताउँदै प्रधानमन्त्री दाहालले हवाई सञ्चालनका विषयमा थप गृहकार्य सरकारले अगाडी बढाउने बताउनुभयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *