एक सय १७ वटा रूखले रोकियो बेलबास–मर्चवार जोड्ने सडक

एक सय १७ वटा रूखले रोकियो बेलबास–मर्चवार जोड्ने सडक

सडकको बीचमा रहेका ११७ वटा रूख कटानमा ढिलाइ हुँदा रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चार लेन सडक अलपत्र बनेको छ।

बुटवलको बेलबासदेखि बेथरी हुँदै मर्चवार, खैराघाट जोड्ने भन्दै २०७७ सालमा सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले उक्त सडकको निर्माण कार्य अगाडि बढाएको थियो।

कुल ३५ किलोमिटर रहेको उक्त सडकअन्तर्गत बेलबासदेखि बेथरीसम्मको अधिकांश भाग यसअघि नै कालोपत्रे भइसकेको छ।

भैरहवा–लुम्बिनी सडक खण्डको बनगाई–सेमरा–खैराघाट खण्डमा रूख कटान नहुँदा निर्माण अलपत्र परेको छ। करिब १० किलोमिटर सडकको बीचमा रहेका ११७ रूख कसले काट्ने भन्ने विषयमा अलमल हुँदा एक वर्षदेखि सडक निर्माण अलपत्र परेको हो।

निर्माण कम्पनी लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीले सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीसँग २०७७ कात्तिक १६ गते ठेक्का सम्झौता गरी सडक निर्माण सुरू गरेको थियो।

सम्झौताअनुसार २३ करोड १२ लाख ८९ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडक २०८० बैशाख ३१ गतेसम्म निर्माण पूरा हुनुपर्थ्यो।

सम्झौता अनुरूपको अवधिमा सडक निर्माण सम्पन्न नभएपछि सडक पूर्वाधार विकास कार्यालयले २०८१ वैशाखसम्म एक वर्षको म्याद थप गर्‍यो। तर थप गरिएको अवधिमा पनि सडकको बीचमा रहेका रूखहरू कटान हुन सकेका छैनन्।

निर्माण कम्पनीले सडकमा गिट्टी, बालुवा बिछ्याएर कालोपत्रेका लागि तयारी गरेको छ। तर रूखहरू कसले कटान गर्ने भन्ने विषयमा समन्वय नहुँदा सडक अलपत्र परेको छ …

स्रोत : सेतोपाटी

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *