सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह

सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन सरकारसँग माग गरेका छन् ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो माग गरेका हुन् । उनले सार्वजनिक खरिद ऐन संसदबाट निर्माण उद्योग मैत्री हुनेगरी संशोधन गरी तत्काल पास गर्न आवश्यक रहेको बताए ।

उनले निर्माण व्यवसायीहरूले लामो समयदेखि धेरै खालका चुनौतीको सामना गर्दै आएको भन्दै उक्त चुनौती ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताए । अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीहरूका समस्या समाधान गर्नेमा आफूहरू विश्वस्त रहेको बताए …

स्रोत : रातोपाटी

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *