Nirman Khabar
Header Banner

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

निर्माण खबर
निर्माण खबर | बिहिबार, १८ मंसिर २०८२
समाचार सेयर गर्नुहोस्
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो ।

कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ ।

त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!