Nirman Khabar
Header Banner

मनमत—कलैया—मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग

निर्माण खबर
निर्माण खबर | शनिबार, २७ मंसिर २०८२
समाचार सेयर गर्नुहोस्
मनमत—कलैया—मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग

हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत—कलैया—मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । मधेश प्रदेश बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत् आयोजनाहरूको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका मन्त्री घिसिङ समक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठूलो सास्ती बेहोर्नु परेको बताए । मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए ।

करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८मा सप्तकोशी जलाधार-ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो ।

१ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेक्का सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।

निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ । ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो । त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था छ ।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!