Nirman Khabar
Header Banner

सरकारबाट पैसा आउने सम्भावना नदेखेपछि धमाधम कच्ची घर बनाउँदै भूकम्पपीडितहरू

निर्माण खबर
निर्माण खबर | बुधबार, ०७ माघ २०८२
समाचार सेयर गर्नुहोस्
सरकारबाट पैसा आउने सम्भावना नदेखेपछि धमाधम कच्ची घर बनाउँदै भूकम्पपीडितहरू

सुर्खेत, सरकारले पुनर्निर्माणमा ढिलाइ गरेको भन्दै पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूले पुरानै शैलीमा आफूखुसी धमाधम कच्ची घरहरू निर्माण गरिरहेका छन्।

जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिका अनुसार भवन आचारसंहिता पालना नगरी, प्राविधिक सल्लाह नलिई र तालिम प्राप्त दक्ष मिस्त्री प्रयोग नगरी कतिपयले घरहरू निर्माण गरिसकेका छन् भने धेरैजसोले धमाधम घरहरू बनाइरहेका छन् ।

भूकम्प पीडितहरू भने सरकारले पुनर्निर्माणमा ढिलाइ गरिदिँदा अस्थायी टहरामा बस्न कठिन हुँदै गएपछि आफ्नै तरिकाले कच्ची घर बनाउन बाध्य भएको गुनासो गर्छन् ।

अस्थायी टहराकै पनि पैसा सरकारले अझैसम्म नदिएको भन्दै भूकम्प प्रभावितहरूले सरकारले पैसा दिन्छ कि दिँदैन भन्ने निश्चित नभएको बताउँछन्।

सरकारले बनाएको भवन आचारसंहिता पालना गरेर घर बनाउँदा कति समय पर्खिनु पर्ने हो टुङ्गो नभएको र खर्च पनि धेरै लाग्ने देखिएपछि आफ्नै ढङ्गले घर बनाएको उनीहरूले बताएका छन्।

पुरानै शैलीमा दुई तले घर बनाइरहेका भूकम्पपीडित जयबहादुर थापाले गाउँमा कसैले पनि प्राविधिकसँग सल्लाह नलिएरै धमाधम घर बनाइरहेको बताए।

उनले भने, "सरकारले पैसा देला जस्तो पनि लागेन। प्राविधिकको सल्लाह लिँदा खर्च पनि बढी हुने देखियो। त्यसैले डीपीसी हालेर पहिलाको भन्दा सानो र बलियो घर बनाएको हुँ।"

अर्का भूकम्पपीडित हस्त परियार पनि सरकारले घर बनाउन पैसा दिने छाँट नदेखिको र अस्थायी टहरामा बस्न साह्रै समस्या हुन थालेको भन्दै आफूले कच्ची घर बनाएको बताउँछन्।

समाचार : बिबिसी नेपाली

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!