यस्तो छ आर्थिक संकट समाधान गर्ने चन्द्र ढकालको सूत्र

यस्तो छ आर्थिक संकट समाधान गर्ने चन्द्र ढकालको सूत्र

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र दातृनियकासँग समन्वय गरी अहिलेको आर्थिक संकट समाधानका उपाय खोज्न सकिने बताएका छन्।

आइतवार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदमा बहाली हुने क्रममा ढकालले यस्तो बताएका हुन्।

उनले मुलुकभित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्नुपर्ने पनि उनले औँल्याएका छन्। पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै यसलाई सकारात्मक बनाउन पहल पर्ने पनि बताए।

चन्द्र ढकालले सम्हाले उद्योग वाणिज्य महासंघको नेतृत्व

‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ। अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु। उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिँदैन तबसम्म व्यवसायिक गतिविधि बढ्न सक्दैनन्’, उनले आर्थिक संकट टार्ने सूत्रबारे भने, ‘त्यसैले सरोकारवाला पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ। सरकार र निजी क्षेत्रबीच साझेदारी भए मात्रै व्यवसायिक गतिविधि बढ्छन्। सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु …

स्रोत : नेपाल खबर

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *